कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाको आनसान शहरमा भोली नोभेम्बर १० तारिकमा क्रिकेट प्रतियोगिता हुने भएको छ ।
ड्रिम ११ आन्सानको आयोजनामा फेयरवेल कप-२०२४ क्रिकेट प्रतियोगिता हुन भएको हो । खेलमा आयोजक आनसानका दुई टिम सहित लिटिल बुद्ध, सुदूरपश्चिम, नेपाल राइनो, हाङसाङ राईडर्स, हिमालयन जाईन्ट्स, युनाईटेड नेपाल सहित पछिल्लो प्रतियोगिताको विजेता एभरेस्ट वारियर गरी जम्मा १० टिम सहभागी हुने भएका छन् ।
प्रतियोगितामा टिम दर्ता शुल्क ५ लाख ५० हजार वन राखिएको छ भने प्रथम पुरस्कार २२ लाख वन ट्रफी मेडल प्रमाणपत्र, द्वितीय पुरस्कार १० लाख वन ट्रफी मेडल र प्रमाणपत्र राखिएको छ
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १ लाख वन साथै बेस्ट ब्याट्सम्यान र बेस्ट बलर लाई जनही ५० हजार वन पुरस्कारको व्यवस्था गरिएको ड्रिम इलाभेन आन्सानका टिम म्यानेजर निशान दुलालले जानकारी दिनुभएको छ ।
प्रतियोगितालाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई दर्शकको रुपमा उपस्थित भैदिन पनि आयोजकले आग्रह गरेको छ ।