कमला केसी/दक्षिण कोरिया
पहिलो पटक हुन लागेको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टोली दक्षिण कोरिया प्रस्थान गरेको छ ।
सन् २०१३ मा स्थापना भएको अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा नेपालका खेलाडी पनि सहभागि हुने भएका हुन् । दक्षिण कोरियामा यहि अक्टुवर २३ तारिकदेखि २७ तारिकसम्म हुने च्याम्पियनसिपमा भाग लिन जाने खेलाडीहरुमा गोपाल तामाङ लामा, मनकुमार मगर, प्रिया राई, रसिला तामाङ, तिलक सुनुवार र तिर्थ तामाङ रहेका छन् ।
नेपालवाट १० जना खेलाडी सहभागि हुने भनिएकोमा ६ जनाको मात्र भिषा लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विश्वका २५ देशका ४ सय भन्दा बढि धावकहरुले भाग लिने अनुमान गरिएको छ ।
प्रतियोगितामा सहभागि हुने खेलाडीहरुका लागि आयोजक संस्थाले विभिन्न मापदण्डहरु तय गरेको छ । अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलो पटक एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिप आयोजना गर्ने निणर्य गरेपछि च्याम्पियनसिप आयोजना गर्न इच्छुक देशहरूका लागि बोलपत्र समेत खोलेको थियो । जसमा पोखरा ट्रेल रेस शृंखलाका राजीव श्रेष्ठले पनि प्रतियोगितालाई नेपालको पोखरामा ल्याउन आवेदन गरेको भएपनि कोरियन ट्रेल सञ्चालन गर्ने आयोजक कम्पनी जेएससिईएनओले जिम्मेवारी पाएको हो ।
पोखरा ट्रेल दौड प्रतियोगिताका संस्थापक समेत रहनुभएका श्रेष्ठले ट्रेल दौड खेलकुदको विकास, नेपाली ट्रेल धावकहरूको उत्थान र खेल पर्यटन प्रवद्धन गर्न पोखरालाई ट्रेल दौड गन्तव्यको रूपमा प्रस्तुत गर्नुभएको थियो ।
प्रतियोगितामा सहभागि हुन ६ नेपाली धावकका लागि आवेदन दिईएकोमा पछि प्रतियोगितामा भाग लिनका लागि व्यक्तिगत रूपमा आवेदन दिएका अन्य ४ धावकलाई समेत नेपाल रोस्टरमा थपिएको थियो । आयोजक र कोरियालीसँग समन्वय गर्ने जिम्मा श्रैष्ठले पाएका थिए । नेपालस्थित दूतावासले भिसा अपोइन्टमेन्ट मिति सुरक्षित गर्नको लागि, कणर्ाली स्पोर्ट्स क्लबका सरोजले नेपाल खेलकुद परिषद्लाई फलोअप गर्ने र आवश्यक परेको खण्डमा सबै दश खेलाडीहरूलाई सहयोग गर्न पहल गरेको भएपनि चार जना खेलाडीको भिषा नलागेको बताईएको छ ।
राजिव श्रेष्ठ
उनिहरुका लागि विमानको टिकट खर्च व्यवस्थापनका लागि आर्थिक सहयोग हङकङमा रहेको कम्पनी एचके १०० वाट प्राप्त भएको थियो । स्टिभ ब्रामर र जेनेट एनजी, HK100 का रेस निर्देशकहरूले नेपाली टोलीलाई विश्वास गरेर आर्थिक सहयोग उपलव्ध गराएका हुन् । प्रमुख प्रायोजक एचके १०० सँगै नेपाली स्थानीय फिटनेससंस्थाहरु, अनलाइन हब, फिट नेपाल काठमाण्डौले पनि काठमाण्डौंदेखि इन्छन र इन्छन वाट उलसान सम्मको टिकटको लागि सहयोग गरेको श्रेष्ठले जानकारी दिनुभयो ।