प्रधानमन्त्री ओलीले भोली आइतबार विश्वासको मत लिनुहुने

0
70

काठमाडौं, साउन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाउनुभएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान भएपछि कांग्रेस र एमाले सांसदहरूको संयुक्त हस्ताक्षरमा १६६ सांसदको हस्ताक्षरसहित अध्यक्ष ओली प्रधानमन्त्री पदमा दाबी पेस गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले संविधानको धारा १०० (२) अनुसार संसद बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
सोही दाबीअनुसार राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । ३१ गते प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) अनुसार संसद् बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

यसअघि तत्कालीन प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत र विपक्षमा १९४ मत परेको थियो । सोअनुसार प्रधानमन्त्री ओलीको पक्षमा १९४ मत र विपक्षमा ६३ मत आउने सरस्वती गणित देखिन्छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसदहरूको मत जोड्दा अध्यक्ष ओलीलाई सो पद आउने निश्चित देखिन्छ ।

प्रधानमन्त्री ओलीलाई सत्ता घटक दलहरू नेपाली काँग्रेसको ८८, नेकपा (एमाले) को ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत पक्षमा आउने देखिन्छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत र विपक्षमा १९४ मत परेको थियो । सोअनुसार प्रधानमन्त्री ओलीको पक्षमा १९४ मत र विपक्षमा ६३ मत आउने सरसर्ती गणित देखिन्छ ।

Gorkhapatraonline.com

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्