कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय सुदुरपश्चिम समाजको आयोजनामो दोस्रो खप्तड कप भलिबल प्रतियोगिता हुने भएको छ । समाजले आगामी जुलाइ १४ तारिक आइतबार प्रतियोगिता आयोजना गरेको हो ।
स्वस्थ बिचार र व्यबहार खेलकुद नै मुख्य आधार भन्ने मुल नाराका साथ हुने प्रतियोगिता को मिति नजिकिँदै जाँदा समाजले तयारी तीब्र बनाएको छ । प्रतियोगिता अन्तर्गत टाइसिट जुलाई ७ तारिक दिउँसो ०२ बजे एभरेस्ट करि रेस्टुरेन्ट दोङ्ग्देमुनमा राखिएको आयोजक समाजका सदस्य भिम जागरीले जानकारी दिनुभयो ।
दक्षिण कोरिया को सुवन शहर स्थित अजौ युनिभर्सिटीको खेल मैदानमा हुने प्रतियोगिता को जुलाई ०७ तारिक अर्थात आज दिउँसो १२ बजे सम्म टिम दर्ता समय रहेको समाजका सदस्य जागरीले बताउनुभयो । जागरीका अनुसार एक भव्य औपचारिक कार्यक्रम का बिच प्रतियोगिता उदघाटन गरिने भएको छ ।
प्रतियोगितामा बिजेता टिमलाई ट्रफी मेडल र प्रमाणपत्र सहित २० लाख वन पुरस्कार , उपबिजेता टिमलाई ट्रफि मेड्ल र प्रमाणपत्र सहित १२ लाख वन, सान्त्वना हुने समुहलाई मेडल र प्रमाणपत्र सहित ४/४ लाख वन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । समाजले सम्पुणर् संघ संस्था, भलिबल क्लब सम्पुणर् मा समयमै टिम दर्ता गर्न अनुरोध गरेको छ ।
कार्यक्रममा कुटनितिक नियोगका प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रमुख, एनाआरएनए दक्षिण कोरिया का पदाधिकारी ,एनसिसिका पदाधिकारी लगायत खेल प्रेमी सम्पुणर् नेपाली समुदाय को उपस्थिती रहने छ । समाजले कोरियामा रहेका विभिन्न किसिमबाट पीडित श्रमिक को उद्घार, नेपाल मा आइपर्ने बिपत्ति मा राहत वितरण, असहाय पीडित हरुलाइ राहत वितरण जस्ता कार्यहरू निरन्तर रुपमा संचालन गर्दै आएको छ ।
भलिवल प्रतियोगिता सम्पुणर् तयारी पूरा भएको जनाउदै नेपाली समुदाय मा सहभागीताको लागि समाजले आव्हान समेत गरेको छ । सुदुरपश्चिम समाज हरेक संघ संस्थासँंग सहकार्य गर्दै आएको दुई दशक देखि सकृय समाज भएकोले पनि प्रतियोगिता को शोभा बढाइदिन सम्पुणर्मा उपस्थितिको लागि समाजले अपिल गरेको हो ।