मुलुक बन्न असल निती र कानून आवश्यकः मन्त्री गिरी

0
157

पर्वत २९ फागुन ः कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले मुलुक बन्नका लागि असल नीति र कानून आवश्यक पर्ने बताउनुभएको छ ।
उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन र अन्तरक्रिया कार्यक्रममा बोल्दै गिरीले कतिपय विद्यमान नीति तथा कानून अहिलेको परिस्थिति प्रतिकुल रहेको भन्दै अब मुलुक र आम नागरिकका लागि आवश्यक नीति तथा कानून बनाउनुपर्ने बताउनुभयो । मन्त्री गिरीले थुपै्र ऐन कानून बनाउने जिम्मेवारी र दायित्व आफ्नो काधमा आएको भन्दै सवै मन्त्रालय र सरोकारवालाहरुको समन्वय गरेर अघि बढ्ने बताउनुभयो । मन्त्री गिरीले मुलुक चरम आर्थिक संकटमा रहेका बेला यसको सुधारका नीम्ति समेत उचित कानून निर्माणको आवश्यकता रहेको बताउनुभयो । अहिलेका नीति लगानीमैत्री छैनन् उहाँले भन्नुभयो लगानीमैत्री रक व्यावसायीमैत्री कानून बनाउन आफु लागि पर्ने बताउनुभएको छ ।

मुलुकमा सुशासन कायम गर्नका लागि अहिलेसको सरकार गम्भीर रहेको समेत मन्त्री गिरीको भनाई रहेको छ । मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला सरकार परिणाममुखि काम गर्नेगरी अघि बढेको मन्त्री गिरीको भनाई रहेको छ । उहाँले न्याय क्षेत्रमा रहेका विकृति विसंगतीको अन्त्य गरिने समेत दावी गर्नुभएको छ ।

उहाँले अहिलेको गठबन्धन अबको चार बर्षसम्म टिक्ने ठोकुवा समेत गर्नुभएको छ । पुरानो गठबन्धन भत्केर बनेको यो गठबन्धन पुणर् कार्यकालसम्म कायम रहने दावी गर्दै गिरीले विभिन्न शक्तिकेन्द्र र प्रतिकृयावादीहरुलाई तोडेर बनेको सरकारको आयुप्रति शंका गर्नुपर्ने ठाउँ नरहेको बताउनुभयो ।
उहाँले देशको विग्रदो आर्थिक अवस्थालाई सुधार गर्ने सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । आर्थिक अवस्था नसुध्रिएसम्म अन्य क्षेत्रको विकास गर्न नसकिने भएकाले सरकारले आर्थिक क्षेत्रको सुधारलाई मुख्य प्राथमिकता दिने बताउनुभयो ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि कानून, संघीय निजामित ऐन र शिक्षा ऐन तत्काल सदनबाट पास गरेर देशलाई निकास दिन आफूले महत्वपूणर् भूमिका निर्वाह गर्ने समेत बताउनुभयो । रोकिएका ऐन कानूनहरुलाई पुणर्ता दिने र कार्यान्वयमा लैजाने दिशामा सरकार गम्भीर ढंगले लाग्ने उहाँको भनाई छ ।
सो अवसरमा व्यावसायी तथा अन्य सरोकारवालाहरुले विभिन्न जिज्ञासा र गुनासा राखेका थिए ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचाल महासचिब रमेश शर्मा लामिछाने र धन्यवाद मन्तब्य बरिष्ठ उपाध्यक्ष ठाकुरवि पौडेलले राख्नुभएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्