खराब मौसमका कारण कोरियन एअरको उडान परिवर्तन

0
80

काठमाडौं उपत्यकामा देखिएको प्रतिकूल मौसमका कारण कोरियन एअरको आजको नियमित उडान काठमाडौंमा अवतरण गर्न नसकी वैकल्पिक रूपमा भारतको दिल्लीमा अवतरण गरिएको छ।

त्यस्तै, आज काठमाडौंबाट कोरिया प्रस्थान गर्ने भनिएको कोरियन एअरको अर्को उडान पनि स्थगन गरिएको छ। उक्त उडान अब भोलि २०८२ जेठ ३० गते (May 13, 2025) दिउँसो ३:२० बजे प्रस्थान गर्ने गरी पुनः तालिकाबद्ध गरिएको छ।

कोरियन एअरका अनुसार, यात्रुको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो। यात्रुहरूलाई थप जानकारीको लागि विमानस्थल कार्यालय वा सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्न अनुरोध गरिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्