कमला केसी/दक्षिण कोरिया
नेपालीहरुको दोस्रो ठुलो पर्व शुभ दिपावलीको अवसरमा दक्षिण कोरियामा दिपावली कप क्रिकेट-२०२४ संचालन हुने भएको छ ।
हिमालयन जाइन्ट्स (आसान)को आयोजनामा यहि अक्टुवर २० तारिकमा सम्पन्न हुने छ । 충청남도 아산시 고교천 시민체육 공원 ( 이순신 파크 골프장) मा क्रिकेट खेलमा सहभागि हुने समुहको टिम दर्ताका लागि पाँच लाख ५० हजार कोरियन वन शुल्क निर्धाण गरिएको छ ।
प्रतियोगितामा उपाधि हात पार्ने समुहलाई २५ लाख नगद कोरियन वन, ट्रफि मेडल र प्रमाणपत्र, द्धितियलाई १२ लाख ट्रफि, मेडल र प्रमाणपत्र, प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट बलरलाई नगद ५० हजार मेडल र प्रमाणपत्र, उत्कृष्ट ब्याट्सम्यानलाई ५० हजार मेडल र प्रमाणपत्र, र प्लेयर अफ दि टुर्नामेन्टलाई १ लाख कोरियन वन ट्रफि र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा खेलाईने सवै खेलहरु १० ओभरका हुने भएका छन् । सम्पुणर् खेलहरु नकआउट चरणमा खेलाईने भएको छ भने खेलाडीहरुले अनिवार्य रुपमा जर्सि लगाउनुपर्नेछ । खेलमा एलबिडब्ल्यु, पावरप्ले लागु नहुने र खेलाडीहरु अनिवार्य नेपाली हुनुपर्ने दिएको समयमा उपस्थित हुन नसके दश मिनेट बराबर एक ओभर काटिने पनि आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि उपस्थित भएर खेल अबलोकन गर्न आयोजकले सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा निमन्त्रणा गरेको छ ।