कमला केसी/दक्षिण कोरिया
हिमालयन जाईन्ट्स आसान दक्षिण कोरियाद्धारा आयोजित क्रिकेट प्रतियोगितावाट संकलित रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
हिमालययन जाईन्ट्सले गत अगष्ट १८ गते राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ टि टेन क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा बिजयी भएका दुई टिममध्ये ड्रिम ११ आसनवाट प्राप्त रकम सहित सदस्यहरुवाट संकलित रकम केन्द्रलाई हस्तान्तरण गरिएको हो । कोरियन वन १० लाख १६ हजार ६ सय अर्थात नेपाली रु. १ लाख रुपैया सहयोग गरिएको हिमालयन जाईन्ट्सले जानकारी दिएको छ ।
केन्द्रलाई आर्थिक सहयोग गर्नका लागि सहकार्य गर्नुहुनेमा ड्रिम ११ आसानवाट २ लाख वन, अजय तामाङवाट ५० हजार, अनमोल विष्टवाट २० हजार, केशव पाण्डेले ३७ हजार, मनोज क्षेत्रीले ५८ हजार ५ सय, प्रेम पाण्डेले ५८ हजार ५ सय, सुरेश थापाले ६९ हजार, अनिल पोख्र्र्रेलले ३८ हजार पाँच सय कोरियन वन सहयोग गरेका थिए ।
त्यसैगरी सुनिल पोख्र्र्रल सुनारले ३३ हजार ६ सय, खेमराज ढकालले ६० हजार ५००, नारन भुसालले ७२ हजार, विवेक एनपीले ७२ हजार, निरज अर्याल ७२ हजार, प्रदिप शाहले ५० हजार, रोशन दाहालले ५० हजार, प्रदम अधिकारीले ३७ हजार, आशिष खड्काले १२ हजार, ध्रुव ज्ञवालीले ५८ हजार, ५ सय, हरि पोख्रेलले २० हजार, र प्रकाश विष्टले ५१ ह्जार ५ सय कोरियन वन सहयोग गरेका थिए ।
प्रतियोगितामा भाग लिएर साथै उपस्थित भएर साथ दिनुहुने सम्पुर्ण टिम लगायत खेलप्रेमी शुभचिन्तकहरुलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।
आर्थिक संकटले गुज्रीरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने उद्धेश्यले प्रतियोगिता गरिएको थियो ।