दक्षिण कोरियामा सन् २०२५ को श्रमिकको न्युनतम तलब निर्धारण, १.७ प्रतिशतले बढ्यो

0
97

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सन् २०२५ को लागि सबै श्रमिकको न्युनतम तलब सुविधा निर्धारण गरिएको छ ।
कोरियामा प्रति घण्टा न्यूनतम १० हजार ३० वोन निर्धारण भएको छ ।
न्युनतम तलब निर्धारण समितिको आज १२ तारिक बसेको ११ औ बैठकबाट सन् २०२५ को न्युनतम तलब निर्धारण गरेको हो ।

यो तलब २०२४ को तुलनामा १७० वोन (१.७%) बृद्दी भएको छ । २०२५ -१-१ देखि महिनामा २०९ घण्टा काम गर्ने प्रवासी श्रमिक लगायत श्रमिकले न्युनतम तलब २० हजार ९६.२७० वोन पाउनेछन । न्युनतम तलब निर्धारण समितिको श्रमिक युनियन ,सरकार र कम्पनी ब्याबसायीको ९/९ जना प्रतिनिधि सदस्य सहभागी हुन्छन ।

श्रमिक युनियनले शुरुमा प्रति घण्टा १२ हजार २ सय वोन निर्धारण हुनु पर्ने माग राखेको थियो । कम्पनि ब्याबसायी र सरकारले, यथावत राख्ने, धेरे बढाउँन नसकिने भनि अडान लिएको थियो । श्रमिक युनियनको दबाबले सरकार तलब बृद्धि गर्न बाध्य भएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्