महाशिला र बिहादीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर

0
38

पर्वत –  स्वास्थ्य उपचारलाई मध्येनजर गदै पर्वतको महाशिला र बिहादी गाउँपालिकामा एक दिने नि ःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । महाशिला गाउँपालिकामा अन्तरास्ट्रिय पर्वत समाजले यहि चैत्र १९ गते शिविरको आयोजना गरेको हो । शिविरमा त्रीरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ तथा जनरल फिजिसियनद्धारा स्वास्थ्य परिक्षण गरिने छ । महाशिला आधारभूत अस्पताल लुंखुमा हुने शिविर बिहान १० बजेबाट बेलुका ५ बजेसम्म संचालन हुने छ ।

यता बिहादी गाउँपालिकाले वडा नं. ३ मा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा यहि चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएको हो । गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका समुदायका लक्षित गरि शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए ।
शिविरमा १६ प्रकारका रोगको निःशुल्क उपचार गर्ने व्यवस्थो छ । जसमध्ये जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, ई.सी.जी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा र मुटु रोगको विज्ञ चिकित्सक तथा प्राविधिकहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने छ । शिविर बिहादी गाउँपालिकाको आर्थिक सहयोग, अध्यक्ष गुरुङको समन्वय र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल काठमाडौँको प्राविधिक सहयोग आयोजना गरिएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्