नेपाली कथानाक चलचित्र ह्रस्व दीर्घ दक्षिण कोरियामा पनि प्रदर्शन गरिँदै

0
2

कमला केसी/दक्षिण कोरिया
भोलीवाट रिलिज हुन लागेको चर्चित नेपाली कथानाक चलचित्र ‘ह्रस्व दीर्घ’ दक्षिण कोरियामा पनि प्रदर्शन गरिने भएको छ ।
उल्सान ब्रदर ग्रुपले दक्षिण कोरियाका लागि चलचित्र प्रदर्शन अधिकार सम्झौता गरेसँगै कोरियामा पनि ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुने भएको हो । नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ निता फिल्म प्रोडक्सन प्राइभेट लिमिटेडसँग नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ दक्षिण कोरियाका विभिन्न शहरहरुमा प्रदर्शन गरिने उल्सान ब्रदर ग्रुपले जनाएको छ ।
उल्सान ब्रदर ग्रुपका कृष्ण महर्जनले चलचित्र ह्रश्व दीर्घ प्रदर्शनका लागि दक्षिण कोरियाको लागि बुकिङ खुल्ला भएको जानकारी दिनुभयो । विभिन्न शहरहरूमा प्रदर्शन गर्न इच्छुक संघसंस्था लगायत व्यक्तिहरूलाइ सम्पर्क गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।
‘स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह्रस्व दीर्घ’ दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन का लागि 01027108855,01042028848 मा सम्पर्क गर्न सक्नुहुने उल्सान ब्रदर ग्रुपले जानकारी दिएको छ ।
चन्द्र पन्त निर्देशित ‘ह्रस्व दीर्घ’ अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा उनीहरूका साथमा प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ।
नीता फिल्म्सको ब्यानरमा बनेको फिल्मको कथा र पटकथा हरिहरको हो भने संवाद प्रतीक पौडेलले लेखेका हुन् । फिल्म भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्